प्रतिनिधि सभाको बैठकमा गुणपुरक संख्या नपुग्दा बैठक १५ मिनेटका लागि स्थगित

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : ४४
प्रतिनिधि सभाको बैठकमा गुणपुरक संख्या नपुग्दा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं  प्रतिनिधि सभाको बैठकमा गुणपुरक संख्या नपुग्दा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।प्रतिनिधि सभाको बैठकमा गुणपुरक संख्या नपुग्दा सार्वजनिक ऋण व्यवस्थापनका सन्दर्भमा अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रभावित भएको हो।

उपभासमुख पुष्पा भुसालले छलफल प्रस्ताव अघि बढाउने क्रममा सांसद प्रेम सुवालले गुणपुरक संख्या नपुग्ने भन्दै प्रश्न उठाएका थिए।संविधानको धारा ९४ को व्यवस्था अनुसार संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्न नमिल्ने प्रावधान रहेको छ।

सांसद सुवालको प्रश्नपछि उपसभामुख भुसालले तीन मिनेटको घण्टी बजाएर सांसदको संख्या यकिन गरेकी थिइन्। प्रस्ताव पारित गर्नका लागि ६९ सांसद आवश्यक पर्ने र उपस्थित सांसदहरुको संख्या ६७ मात्रै भएकाले १५ मिनेटका लागि बैठक स्थगित गरिएको हो।

प्रतिक्रिया दिनुहोस