एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक श्याम थापालाई स्वागत

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : ३९
एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक श्याम थापालाई स्वागत

काठमाडौं  अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक श्याम थापालाई स्वागत गरेको छ।आइतबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले थापालाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा स्वागत गरेका हुन्। स्वागतका क्रममा वरिष्ठ उपाध्यक्ष खड्काले नेपाली फुटबलमा थापाको योगदानको चर्चा गरेका थिए। 

एन्फा एकेडेमीको प्रशिक्षक नियुक्त भएका थापाले सन् २०१० को विश्वकप छनोटमा नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका थिए। थापा भारतीय फुटबल टोलीका पूर्वकप्तानसमेत हुन्।

ब्वाइज युनियन क्लबको सम्मान ग्रहणका लागि थापा नेपाल आएका थिए। उनको स्वागतका अवसरमा एन्फाका मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष विराटजंग शाही, दाबा लामा, दीपक खतिवडा, एन्फा केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस