सप्तकोसी बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : ३०
सप्तकोसी बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा

काठमाडौं । सरकारले सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीको बाढीले बढी क्षति पुर्‍याएको भौगोलिक क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

नदी गाउँमा पसेपछि उदयपुरको वेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र प्रभावित भएका थिए । सप्तकोसीले कटानबाट तटीय क्षेत्रका २० हजार बढी नागरिक प्रभावित भएका छन् । बर्खा नसकिएकोले तटीय क्षेत्रमा जोखिम कायम छ ।

प्रतिक्रिया दिनुहोस