सरकार कमाउधन्दामा व्यस्त भयोः यजराज सुनुवार

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : २९
सरकार कमाउधन्दामा व्यस्त भयोः यजराज सुनुवार

काठमाडौं  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार विचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेताहरू चुनावका लागि चन्दा संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिशनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘सरकार विचौलियाहरूबाट कमाउन व्यस्त छ । नेताहरू चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरू कमिशनमा रमाउने, अनि ठेकेदारहरू काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठन थालेको छ ।’

सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गरे । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरूमा ढिलाइ भइरहँदा पनि सरकारले कुनै चासो नदिएको उनको गुनासो थियो । उनले  पुलपुलेसाहरूको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस