भारतीय स्थल सेना प्रमुख पाण्डेलाई नेपाल भ्रमणको निम्तो

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : ०४
भारतीय स्थल सेना प्रमुख पाण्डेलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं   भारतीय स्थल सेना प्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई औपचारिक भ्रमणको लागि निम्तो दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नव नियुक्त पाण्डेलाई औपचारिक भ्रमणको निम्तो दिने निर्णय गरेको हो । तर, कहिलेका लागि निम्तो दिने भन्ने खुलेको छैन ।

स्थल सेना प्रमुख एमएम नरवणेको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनी नयाँ प्रमुखको रूपमा पाण्डेलाई वैशाखमा नियुक्त गरिएको थियो । भारतमा नयाँ प्रधानसेनापति नियुक्त भएपछि नेपालमा मानार्थ सेनापतिको दर्ज्यानी दिने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस