डोल्पामा सडक खन्ने क्रममा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १३ : ५४
डोल्पामा सडक खन्ने क्रममा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु

काठमाडौं । डोल्पामा सडक खन्ने क्रममा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ जिऊमा सडक खनिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा नेपालगञ्ज उपमहानगरपालिका –१९, बाँकेका ३० वर्षीय सुरज बसाल मगरको मृत्यु भएको हो ।

आइतबार बिहान पहिरोले डोजर पुरिँदा सुरजको घटन स्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश प्रहरीका अनुसार घटनाको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली खटिएको छ ।

पहिरोले डोजर पुरेको छ । मृतकको शव घटना स्थलमा नै रहेको र घटनास्थलको प्रारम्भिक कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस