राधी विद्युत् कम्पनीको वार्षिक साधारणसभा सोमबार बस्दै

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १३ : ३७
राधी विद्युत् कम्पनीको वार्षिक साधारणसभा सोमबार बस्दै

काठमाडौं । राधी विद्युत् कम्पनीको वार्षिक साधारणसभा सोमवार हुने भएको छ ।

साधारण सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ः३० बजे शुरू हुने सूचना गरीएको भएपनि कम्पनीले कोभिड–१९ तथा ओमिक्रोनको नयाँ भेरियन्ट फैलिन थालेकाले जुममार्फत सभा भएको छ ।साधारणसभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साधारणसभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका साउन २० गते बन्द गरिसकेको छ । यस आधारमा साउन १९ गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस