हर्क साम्पाङले भने- काठमाडौंमा फोहोरको डंगुर देख्दा श्रमदान गर्न मन लाग्यो

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १३ : २०
हर्क साम्पाङले भने- काठमाडौंमा फोहोरको डंगुर देख्दा श्रमदान गर्न मन लाग्यो

काठमाडौं  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा थुपारिएको फोहोरमाथि व्यंग्य गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर समयमै उठ्न नसक्दा सडकपेटी प्रदूषित भएका छन् ।वर्षाले बाटो छेउमा थुपारिएको फोहोर बगाएर सडक पेटी प्रदूषित बनाएको छ । समय मै फोहर नउठ्दा सडक पेटीमा थुप्रिएको फोहोर पानीले बगाउँदा झनै प्रदूषण बढेको छ ।

मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

मेयर साम्पाङ निर्वाचित भएपछि धरानमा प्रत्येक शनिबार श्रमदान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस