भारतका चर्चित सेयर व्यवसायी झुनझुनवालाको निधन

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १० : ४९
भारतका चर्चित सेयर व्यवसायी झुनझुनवालाको निधन

एजेन्सी । भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको आइतबार निधन भएको छ । झुनझुनवाला मुम्बईको ब्रिच केन्डी अस्पतालमा उनकाृ उपचारको क्रममा मृत्यु भएको हो । राकेश झुनझुनवाला ६३ वर्षका थिए । मिडिया रिपोर्टका अनुसार स्वास्थ्य खराब हुँदा आज बिहान मात्रै उनलाई अस्पताल लगिएको थियो ।

भारतका वारेन बफेट भनिने राकेश झुनझुनवालाको आकासा एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो । झुनझुनवालालाई त्यति नै बेला सार्वजनिक रुपमा देखिएको थियो ।

केही रिपोर्टमा उनी पछिल्लो लामो समयदेखि बिरामी भइरहेको भन्ने जानकारीसमेत दिइएको छ । राकेश झुनझुनवालाले ४०० कर्मचारीसँग यो कम्पनी सुरु गरेका थिए । आकासा एयरलाइन्सको लक्ष्य अर्को वर्ष मार्च महिनासम्म हरेक महिना पौने दुई सय भर्तीसँगै २ हजार कर्मचारी राख्नु थियो ।

प्रतिक्रिया दिनुहोस