काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक ९ट्रायल० परीक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई अब सबै प्रदेशले कार्यान्वयन गर्नेछन् ।
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले निर्देशिका लागू गरेका भए पनि मधेश प्रदेश, बागमती र कर्णाली प्रदेशले पूर्वाधारको अभाव र आन्तरिक तयारी नपुगेको भन्दै कार्यान्वयनमा ल्याएका छैनन् । यसै साता संघीय यातायात मन्त्रालयमा भएको सहमतिमा बाँकी रहेका प्रदेशले पनि चाँडै लागू गर्न हस्ताक्षर गरेका छन्। यो समाचार कारोबार दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २९ साउन २०७९, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शङ्कास्पद लाइसेन्स परीक्षणमा
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल