मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १९ : ४२
मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मनिष डाँगी बहराइनको क्लब इतिहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् । मनिष बहराइनको क्लबमा एक सिजनका लागि अनुबन्ध भएका हुन् । बहराइनको दोस्रो डिभिजन क्लबले उनलाई २०२२–२३ को सिजनको क्लबमा भित्र्याएको हो । 

नेपालको ए डिभिजन क्लब मच्छिन्द्रबाट मनिषले गत सिजन लिग खेलेका थिए । इतिहादले सामाजिक सञ्जालमार्फत मनिषलाई अनुबन्ध गरिएको जनाएको छ ।  राष्ट्रिय टोलीका लागि मनिषले विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलमा डेब्यू गर्दै गोल पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस