नेपाल–भारतबीच कुटनीतिक मात्र नभइ भावनात्मक सम्बन्ध छ : उपसभामुख भुषाल

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १६ : ००
नेपाल–भारतबीच कुटनीतिक मात्र नभइ भावनात्मक सम्बन्ध छ : उपसभामुख भुषाल

वीरगञ्ज । उपसभामुख पुष्पा भुषालले नेपाल र भारतको सम्बन्ध कुटनीतिक मात्र नभई समाजिक, भावनात्मक, सांस्कृतिक सम्बन्ध रहेको बताएकी छन् । नेपाल–भारत सहयोग मञ्चद्वारा आयोजित मैत्री–शुत्र बन्धन एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो रक्षाबन्धन दुई देश बीचको आर्थिक सम्बन्धसंग जोडेको भन्दै दुवै देशको लक्ष्य सँगसँगै अगाडि बढ्नुपर्ने बताएकी हुन् ।

आफ्नो बाल्यकाल भारतमै बितेको हुनाले रक्षा बन्धनको महत्वको बारेमा जानकारी भएको बताइन् । भारतको स्वतन्त्रताका लागि नेपाली कांग्रेस तथा नोपलका राजनीतिक दलहरुले महत्वपूर्व भूमिका खेलेको स्मरण गराइन् । नेपालको विकासको प्रयासमा मित्र राष्ट्र भारतले गरेको सहयोग प्रति आभार प्रकट गरेकी छन् ।

यसैगरी भारतका संघीय सांसद सञ्जय जैसवालले भारतको रक्सौलदखि वीरगञ्ज हुँदै काठमाडौंसम्म रेल सञ्चालन गर्ने आफूहरुको चाहना रहेको बताए । उनले रक्सौलमा एयरपोर्ट बनाउने विषयमा पनि आफूहरु गम्भीर रुपमा अघि बढिरहेको बताए । सांसद जैसवालले भारतको संसदमा नेपालले भोगिरहेको विभिन्न समस्याहरुको बारेमा आफूहरुले कुरा राख्ने गरेको बताउदै आगामी दिनहरुमा पनि लागी रहने बताए ।

यसैगरी भारत बिहारकी निवर्तमान उप–मुख्यमन्त्री रेनु देवीले नेपाल–भारतको सीमा क्षेत्रमा मनाइएको रक्षा बन्धनले दुई देशबीचको सम्बन्ध झन बलियो बनेको बताएकी छन् । मुलुकको आर्थिक अवस्था कमजोर भए विकास र समृद्धि हासिल गर्न नसक्ने भएको हुदाँ दुवै देशलाई आर्थिक रुपले बलियो बनाउन आफूहरुले पहल गर्ने बताइन् । उनले भारतले सँधै नेपाललाई समृद्ध मुलुकको रुपमा हेर्न चाहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस