मोन्टेनेग्रोमा पारिवारिक विवादले उग्र रूप लिएर गोली चल्दा १० जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १४ : ३०
मोन्टेनेग्रोमा पारिवारिक विवादले उग्र रूप लिएर गोली चल्दा १० जनाको मृत्यु

काठमाडौं   युरोपियन मुलुक मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादले उग्र रूप लिएपछि गोली चल्दा १० जनाको मृत्यु भएको छ ।त्यहाँका अधिकारीका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरेका थिए । त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका हुन् ।अन्तिममा १० जनाको हत्या गर्ने ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । ती व्यक्तिले घटना गराउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस