राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा रक्षाबन्धन पर्वले मद्दत पुर्‍याउछ: प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, ११ : ३९
राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा रक्षाबन्धन पर्वले मद्दत पुर्‍याउछ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरूबीचमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताएका छन।

आज (शुक्रबार) हिन्दु धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा उहाँले शुभकामना दिदै यस्तो बताएका हुन ।

उनले सोही पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरे । उनले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गरे।

प्रतिक्रिया दिनुहोस