अफगानिस्तानविरुद्ध आयरल्यान्डको दोस्रो जित

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, ११ : २४
अफगानिस्तानविरुद्ध आयरल्यान्डको दोस्रो जित

काठमाडौं । आयरल्यान्डले दोस्रो टी २० खेलमा अफगानिस्तानलाई  ५ विकेटले हराएको छ । १२३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भयो ।

आयरल्यान्डका एन्ड्रीयु बलबर्नीले सर्वाधिक ४६ रन बनाए । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक दुई विकेट लिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन  बनायो । अफगानिस्तानका हशमतुल्लाह शाहिदीले सर्वाधिक ३६ रन बनाए ।

जितसंगै पाँच टी २० खेलको शृंखलामा आयरल्यान्डले २-० को अग्रता बनाएको छ । अघिल्लो खेलमा आयरल्यान्डले ७ विकेटको जित निकालेको थियो । 

प्रतिक्रिया दिनुहोस