चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १६ : ४८
चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरे । 

यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्ने छन ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनु आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गर्दै प्रशन्नता प्रकट गरे । नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे । 

प्रयोगकर्ताहरुले आइएमई पे एपको होम पेजमा रहेको“गभरमेन्ट”मा गइ “लोकल गभरमेन्ट” रोजी “चन्द्रागिरि नगरपालिका”मार्फत आफ्नो कर तिर्न सक्नेछन ।