सहकार्य गर्न चाहनेहरूलाई एमालेमा ढोका खुला छ : खगराज अधिकारी

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १५ : ३५
सहकार्य गर्न चाहनेहरूलाई एमालेमा ढोका खुला छ : खगराज अधिकारी

काठमाडौं  ।  नेकपा (एमाले) का नेता खगराज अधिकारीले सहकार्य गर्न चाहनेहरूलाई ढोका खुला रहेको बताएका छन् ।रिपोर्टर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले एकल प्रतिष्पर्धामा जान चाहेको बताउँदै मिलेर जाने कुरामा पनि तयार रहेको बताएका हुन् । 

नेता अधिकारीले राष्ट्रियता, सार्वभौमिकता तथा स्वाधीनतालाई सबल बनाउने, विकासलाई तीव्र गति दिने, रोजगारी सिर्जना गर्ने लगायतका विषयमा सहमत हुने सँग मात्रै सहकार्य हुने जिकिर गरे । 'राष्ट्रिय सार्वभौमिकता, स्वाधीनतालाई सबल बनाउने, विकासलाई तीव्र गति दिने, रोजगारी सिर्जना गर्ने लगायतमा सहमत हुनेहरूलाई हाम्रा ढोका खुल्ला छन् । मूलतः हाम्रो खुट्टामा उभिएर एकल प्रतिस्पर्धामै जान चाहान्छौँ । तर, सबैसँग मिलेर जाने कुरामा हामी खुल्ला नै छौं' उनले भने ।

उनले नीति, सिद्धान्त र गन्तव्यहीन गठबन्धनसँग निर्वाचनमा जानुपरेको टिप्पणी गरेका छन् । उनले परराष्ट्र नीतिमा गम्भीर चुनौतीहरु खडा भएको बताउँदै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय बनाउने लक्ष्य रहेको धारणा राखे । 

प्रतिक्रिया दिनुहोस