बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १५ : १७
बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट

flle Pic

बारा । महागढीमाई नगरपालिका–३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरबाट प्रहरीले करिब १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।  ती घरबाट करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बुधबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानिय प्रतिनिधिहरूको रोहवरमा अस्वस्थकर र न्यूनगुणस्तरको रक्सी उत्पादन गर्न प्रयोग गरिएका  अवैध भट्टीहरू, मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो । 

रक्सी उत्पादन गर्ने मेसिन, भाडाकुडा र ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस