महिला साफ : साधारण प्यारापिटको टिकट ३ सय

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १४ : ५६
महिला साफ : साधारण प्यारापिटको टिकट ३ सय

काठमाडौं  । अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको टिकट मूल्य निर्धारण गरेको छ।एन्फाको जारी दोस्रो कार्यसमिति बैठकले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको टिकट मूल्य निर्धारण गरेको हो।

बैठकले दुई फरक टिकट मूल्य निर्धारण गरेको छ। सामान्य प्यारापिटतर्फ ३ सय र भीआइपीतर्फ ५ सयको टिकट मूल्य निर्धारण गरिएको छ।आयोजक नेपाल समूह बी मा रहेको हो। यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन्। यस्तै, समूह ए मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्।

प्रतिक्रिया दिनुहोस