बाँकेमा बिहीबार २१ जनालाई कोरोना

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १४ : ४७
बाँकेमा बिहीबार २१ जनालाई कोरोना

काठमाडौं  । बाँकेमा बिहीबार २१ जनालाई कोरोना देखिएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा २३ जनाको जाँच गर्दा १६ जनालाई कोरोना देखिएको छ। १६ जनामध्ये ११ जना बाँके जिल्लाका रहेका छन्।

कोहलपुर मेडिकल कलेजमा चार जना र राप्तीसोनारीमा एक जनालाई कोरोना देखिएको छ।बिहीबार बाँकेमा कोरोना देखिएकामध्ये १६ जना बाँके र ५ जना बाहिरी जिल्लाका रहेका छन्। जिल्लामा हाल ८३ जना सक्रिय संक्रमित रहेका छन्। सबै जना होम आइसोलेसनमा छन्। बिहीबार ६ जना निको भएका छन्।

 

प्रतिक्रिया दिनुहोस