प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरेको आरोप

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १३ : ५५
प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरेको आरोप

काठमाडौं  । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले सरकारले ल्याएको नागरिकता विधेयकको विरोध गरेका छन्। विधेयक संसदबाट अनुमोदन भएर राष्ट्रिपतिसमक्ष प्रमाणीकरणका लागि पुगेर अड्किएको बेलामा उनले त्यसको विरोध गरेको हुन्। 

उनले ट्वीटरमा लेखेका छन्, ‘नपाल सरहदभित्र बाबुको ठेगान नलागेका सन्तान हुर्केपछि आमाको नाममा र अंगीकृत नागरिकका सन्तानले वंशजको आधारमा नेपाली नागरिकता दिने प्रावधान ठिकै छन्। तर विवाहको जग्गेमा नै दिन मिल्ने र १० घण्टाभित्रै सांसद र मन्त्री बनाउन सकिने व्यवस्था गलत छ।’

उनले भारतमा जस्तै कम्तीमा सात वर्षपछि मात्र दिनेगरी राज्यव्यवस्था समितिले गरेको निर्णय ठिक भएको उल्लेख गरेका छन्। 

‘प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरे, शशी श्रेष्ठलाई मन्त्रीको कुर्सीमा मस्त निद्रा लाग्यो र लीलामणि पोखरेल तैँ चुप मै चुप छन्। राष्ट्रपतिज्यूले यस्तो विवादास्पद कानुन प्रमाणीकरण नगरी पुनः संसदमा पठाउनुपर्छ’ उनले भनेका छन्। संसदले जस्ताको तस्तै फेरि पठाएको खण्डमा सर्वोच्च अदालतको राय लिएर मात्रै आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ छ। 

 

प्रतिक्रिया दिनुहोस