सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिए

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १२ : ५६
सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिए

काठमाडौं  । सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त संख्यामा मतदाता थपिएका हुन्।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार आठ सय ३९ पुरुष र चार हजार दुई सय ७५ महिला मतदाता थपिएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए। 

निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर बिहीबार निर्वाचन आयोग पठाउने जिल्ला निर्वाचन अधिकारी जोशीले बताए। निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने जोशीको भनाइ छ।आयोगले जिल्लामा निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रहरी कार्यालय कञ्चनरूप र बोदे बर्साइनबाट मतदाता नामावली संकलन गरेको थियो।

स्थानीय तह निर्वाचनमा जिल्लामा दुई लाख १३ हजार आठ सय ९२ पुरुष, एक लाख ९८ हजार पाँच सय ३२ महिला र २१ अन्य गरी चार लाख १२ हजार चार सय ४५ मतदाता थिए। जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन्।सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै यही साउन २० गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगन भएको छ।

प्रतिक्रिया दिनुहोस