वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १२ : ०५
वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं  । स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।

गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो ।श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस