बिहीबार घट्यो सुनचाँदीको मूल्य

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ११ : ३३
बिहीबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौं  । साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ। 

यसअघि बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको छ। बुधबार भने तोलामा १० रुपैयाँ घटेर चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा किनबेच भएको थियो। 

प्रतिक्रिया दिनुहोस