काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७४१ जना सवारी चालकलाई कारबाही

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ११ : ००
काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७४१ जना सवारी चालकलाई कारबाही

काठमाडौं  । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७४१ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेट देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् । 

बाँकी २ हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।   

 

प्रतिक्रिया दिनुहोस