सान्चेज अनुबन्धका लागि सैद्धान्तिक सहमति भइसकेको मर्सेलीको पुष्टि

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १५ : ०५
सान्चेज अनुबन्धका लागि सैद्धान्तिक सहमति भइसकेको मर्सेलीको पुष्टि

काठमाडाैं  । फ्रेन्च लिग वान क्लब मार्सेलीले फरवार्ड एलेक्सिस सान्चेजसँग सम्झौताको सैद्धान्तिक सहमति भइसकेको पुष्टि गरेको छ ।इटालियन क्लब इन्टर मिलानले सोमबार सान्चेजसँगको सम्झौता नवीकरण नगर्ने बताएको थियो । चिलीका अन्तर्राष्ट्रिय खेलाडी सान्चेज इन्टरले सन् २०२०–२१ को सिरी ‘ए’ उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए ।
 
यस्तै, इन्टरले जनवरीमा सुपरकोपाको उपाधि जित्दा सान्चेजले १२१औं मिनेटमा निर्णायक गोल गरेका थिए ।​ मार्सेले मंगलबार सान्चेजसँग सम्भावित सम्झौताको घोषणा गरेको हो ।

‘ओलम्पिक डी मार्सेलीर एलेक्सिस सान्चेजबीच सम्झौतासम्बन्धमा सैदान्तिक सहमति बनेको छ । १४३ क्याप र १७ उपाधि जितेका चिलीका अन्तर्राष्ट्रिय खेलाडी केही समयमै स्वास्थ्य परीक्षणका लागि मार्सेली आइपुग्नेछन्,’ मार्सेलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस