मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १४ : ३७
मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना

काठमाडाैं  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि मुख्यमन्त्री भट्टलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव शिव ओलीले जानकारी दिएका छन्।  

स्वकीय सचिव ओलीका अनुसार मुख्यमन्त्री भट्टको स्वास्थ्यावस्था सुधारन्मुख छ। ‘मुख्यमन्त्री ज्यूलाई स्वास्थ्यमा केही समस्या देखिएकाले सेती प्रादेशिक अस्पतालमा उपचार  गरिरहनुभएको छ। अवस्था सुधारोन्मुख छ,’ ओलीले भने।  

अस्पताल प्रशासनले भने मुख्यमन्त्री भट्टको स्वास्थ्यावस्थाबारे कुनै जानकारी सार्वजनिक गरेको  छैन। 

प्रतिक्रिया दिनुहोस