सशस्त्र प्रहरीले गर्‍यो करीब १४४ किलोग्राम गाँजा बरामद

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १४ : १६
सशस्त्र प्रहरीले गर्‍यो करीब १४४ किलोग्राम गाँजा बरामद

काठमाडाैं  । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट मंगलवार राति सशस्त्र प्रहरीले करीब १४४ किलोग्राम गाँजा बरामद गरेको छ ।रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाइछिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि गाँजासहित ट्रक नियन्त्रणमा लिइएको छ ।बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस