किशोरी बलात्कृत

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १३ : १८
किशोरी बलात्कृत

काठमाडौं  । संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती महिलालाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दीपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस