नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न गृह मन्त्रालयको निर्देशन

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १९ : २७
नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । केही दिनअघि सामाजिक सञ्जालमा ‘कुकुर कामी’को नाममा जारी भएको नागरिकता प्रमाणपत्रप्रति गृह मन्त्रालयको ध्यान आकर्षित भएको छ।

गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न आग्रह गरिएको छ।

अपमानजनक शब्द प्रयोग भएको नागरिकता सम्बन्धित व्यक्तिले चाहे सच्याउन पनि गृहले निर्देशन दिएको छ। गृहको विज्ञप्तिमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएकोप्रति ध्यान आकर्षित भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस