राप्रपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १५ : २०
राप्रपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित

काठमाडौं । ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण अध्यक्ष लिङ्देन कार्यक्रममा अनुपस्थित भएको आयोजकले जानकारी दिएकाे छ।शाहीले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने भएका हुन्।

जुम्लाबाट शाहीले उम्मेदवारी दिनेबारे घोषणा गर्न राप्रपाले सोमबार कार्यक्रम आयोजना गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस