काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने सुझाव दिएका छन् ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले सय सिट राखेर गठबन्धन गर्न सुझाव दिएका हुन् । बैठकमा सहभागी एक पूर्वपदाधिकारीका अनुसार कांग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुन्छ भन्ने सुझाव आएको छ ।
गठबन्धन सम्बद्ध बाँकी दलको कुरा सुनेर फेरि बस्ने गरी बैठक सकिएको छ । आज दिउँसो ३ बजे आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १४ : ०१
लेखकबाट थप