काठमाडौं । तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन् ।
सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असन्तुलन हुने भन्दै सहकारीहरूका छाता संस्थाले यस्तो आह्वान गरेका हुन् ।
गौतम श्री बहुउद्देश्यीय सहकारी लिमिटेडका निक्षेपकर्ताले निक्षेप फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी गरेपछि अन्य सहकारीमा पनि निक्षेप फिर्ताको चाप बढेको छ।
बजारमा तरलता अभाव भएका बेला निक्षेपकर्ताले धमाधम रकम फिर्ताका लागि आवेदन दिन थालेपछि थप समस्या सिर्जना हुनबाट रोक्न तालिका बनाएर भुक्तानी गर्न आह्वान गरेको राष्ट्रिय सहकारी महासंघले जनाएको छ। तरलता अभाव नभएका सहकारीमा भने यो नियम लागु हुनेछैन।
एकैपटक रकम माग्न आउँदा सहकारीहरूले धान्न नसक्ने भएकाले ५ प्रतिशत मात्र बचत फिर्ताको व्यवस्था मिलाउन भनेको राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष मीनराज कँडेलले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी ठगी प्रकरण : थुनछेक बहस कहाँ पुग्यो ?
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
सहकारी ठगी प्रकरणमा आज पनि बयान हुँदै
६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
आन्दोलनले सहकारीपीडित त्रसित
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने, नतिरे सम्पत्ति रोक्का र कालोसूची