काठमाडौं । नेपाली काँग्रेस (बीपी) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठले सबै निर्वाचन क्षेत्रमा पार्टीको तर्फवाट उमेदवार उठाउने निर्णय गरेको प्रवक्ता शिव सिमखडाले जानकारी दिए ।
उनका अनुसार आम निर्वाचनको सन्दर्भमा केन्द्रीय कार्यालय सञ्चालन गर्न सहमहामन्त्री जग्गननाथ घिमिरेलाई तोकिएको छ । यस्तै बैठकले निर्वाचन परिचालन गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा कमिटीहरु गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले हालको तरुण दल बीपीको नाम परिर्वतन गरी नेशलन युथ काँग्रेसको नामाकरण गरेको प्रवक्ता सिमखडाले जानकारी दिए ।
यस्तै पार्टीको उदयपुर जिल्ला संयोजकमाप्रशान्त कुमार राईलाई मनोनयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी
कांग्रेस नेताहरुको सामाजिक सन्जालमा मजाक लाग्दो रोइलो
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै