काठमाडौं । नेकपा मालेले एमालेसँग अहिलेकै अवस्थामा एकता हुन नसक्ने निष्कर्ष निकालेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको अभ्व्यक्तिको आधारमा माले र एमालेबीच एकीकरणको चर्चा चलेपनि तत्काल यसको सम्भावना नरहेको मालेको आइतबार सम्पन्न स्थायी कमिटी बैठकको निष्कर्ष छ ।
‘यही साउन १७ गते दिवंगत क.तुल्सीलालको स्मृति कार्यक्रममा एमाले अध्यक्ष के.पी. ओलीबाट व्यक्त बिचारका आधारमा नेकपा (माले) र नेकपा (एमाले) बिच पार्टी एकीकरणको चर्चा चलेको पाइयो’, मालेले भनेको छ, ‘नेकपा (माले) सहकार्यको क्रममा मूल बिचार मिल्ने पार्टीहरूबिच प्रकृयासंगत ढंगले गरिने सिद्धान्तनिष्ठ पार्टी एकीकरणको सधै पक्षधर रहिआएको छ । तर तत्काल यसको सम्भावना नरहेको नेकपा (माले)को ठहर रहेको छ । यसतर्फ ध्यानाकर्षण गर्दै तदनुकुलको आचरणका गर्नको निम्ति सिङ्गो पार्टी पङ्तिलाई निर्देशित गर्ने निर्णय बैठकले गरेको छ ।’
बैठकले मितेरी पार्टीलाई मालेमा समाहित गर्ने निर्णय अनुमोदन पनि गरेको छ । साथै मितेरी पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूलाई पार्टीमा संगठित गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १२ : ०७
लेखकबाट थप