माग पुरा नभएसम्म आन्दोलन चर्काउने शिक्षकहरुको चेतावनी

शुक्रबार, २५ जेठ २०७५, १७ : २२
माग पुरा नभएसम्म आन्दोलन चर्काउने शिक्षकहरुको चेतावनी

चितवन । सरकारले शिक्षकका न्योेचित माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रने नेपाल शिक्षक महासघंले चेतावनी दिएको छ । 
महासघंले जेष्ठ १३ गतेदेखि सुरु गरेको चरणबद्ध अन्दोलनमा अन्तर्गत शुक्रबार भरतपुरमा प्रदेश नं. ३ को प्रदेश स्तरीय भेला गरी पहिलो चरणको अन्दोलन समापन गरेको छ ।
महासघंले विभिन्न २६ वटा माग राख्दै प्रचारात्मक अन्दोलन गर्दै आई रहेको भएपनि  दोस्रो चरणको अन्दोलनलाई थप सश्क्त पार्दै लैजाने नेपाल शिक्षक सघंका सचिव धु्रव पोखरेलले बताउनुभयो । 
“हामी अहिलेसम्म प्रचारात्मक अन्दोलन मात्रै गरेका छौ ,उहाँले भन्नुभयो ,“सरकारले हाम्रा मागलाई बेवास्ता गरे असहयोगात्कम अन्दोलनमा उत्रन बाध्य हुनेछौ । पठन पाठन अवरोध नपार्ने गरी हाम्रा अन्दोलन जारी रहने छ ।” 
विज्ञापन गरी बारम्बार स्थगित गरिएका अस्थायी शिक्षकलाई स्थाई गर्न अबिलम्ब परिक्षा लिनुपर्ने ,स्थानिय तहलाई ऐन तथा कानुन बनाउने र जारी गर्ने कार्य अविलम्ब रोक्न सरकारले निर्देशन दिनुपर्ने लगाएतका माग राख्दै महासघं सरकारसगँ असन्तुष्ट बनेको छ ।
पहिलो चरणको अन्दोलन अन्तर्गत महासघंले शिक्षा मन्त्रालय , ७७ वटा जिल्ला शिक्षा विकास समन्य समिति र देशभरका ७ सय ५३ वटा स्थानिय तहमा ज्ञपनपत्र बुझाईएको नेपाल शिक्षक महासघंका महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी दिनुभयो ।

नेपालमा हाल ४३ हजारको संख्यामा अस्थाई शिक्षकहरु रहेका छन् । महासघंको यही असार १ ,२ र ३ गते बस्ने नेपाल शिक्षक शिक्षक संगठन राष्ट्रिय समितिको बैठकले दोस्रो चरणको अन्दोलन तय गर्न लागेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस