काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का सुरक्षा अधिकृत फेरिएका छन्। प्रचण्डका सुरक्षा अधिकृतको रुपमा प्रहरी नाउव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई खटाइएको छ।
यसअघि प्रचण्डका सुरक्षा अधिकृतको रुपमा खटिएका डीएसपी नरेन्द्रराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि न्यौपानेलाई खटाइएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, ११ : ३८
लेखकबाट थप