पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन

शुक्रबार, २५ जेठ २०७५, १४ : २२
पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन

बुटवल । पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । गएरातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । दुवै स्थानका पहिरो हटाएपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालन गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सिद्धबाबामा बिहान ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको थियो । एकतर्फी रुपमा खेलेको सडक दुईतर्र्फी सञ्चालनको प्रयास भइरहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस