काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारप्रति धेरै नै अविश्वास रहेको बताएका छन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को सन्दर्भमा परराष्ट्रमन्त्री डा नारायण खड्काको व्यवहारले सरकारप्रति अविश्वास पैदा भएको उनको भनाइ छ ।
राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा रावलले एसपीपीसँग सम्बन्धित कागजात सांसदहरुले माग गर्दा परराष्ट्रमन्त्री खड्काले आफूहरुलाई अविश्वास गरेर नदिएको बताए ।
‘परराष्ट्र मन्त्रीजीले संसदमा दिनुभएको जवाफ मैले सुनें । उहाँले के भन्नुभयो भने सरकारको तर्फबाट पत्र पठाइसकेपछि पत्र माग्नु भनेको सरकारप्रति कताकता अविश्वास हो,’ पूर्वमन्त्री रावलले भने, ‘कताकता होइन, धेरै अविश्वास छ । किनभने अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा हामी सहभागी हुँदैनौं भनाउन कति आवाज उठाउनुपर्यो देशमा । संसदमा कति बोल्नुपर्यो । स्वाभाविक रुपमा अविश्वासको वातावरण हुन्छ ।’
उनले अगाडि भने, ‘संसदलाई आफैं पत्र नदिने अनि भन्ने चाहिं सरकारलाई विश्वास नगरेको । उहाँहरुले संसदलाई विश्वास गरेको खैत ? सरकार त संसदप्रति उत्तरदायी हुन्छ नि । संसद सरकारप्रति उत्तरदायी हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा