काठमाडौं । काठमाडौंको लैनचौरबाट एक जना चिनियाँ नागरिक अपहरणमा परेका छन् । उनलाई आफ्नै फ्ल्याटबाट अपहरण गरेर गोंगबुको एक होटलमा बन्दक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधवार बेलुका उनको उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न ६ जना नेपालीहरूलाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भरत बोहोराले चिनियाँ नागरिकको उद्धारपछि अपहरणमा संलग्नहरूलाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘हामीले उद्धार गरेका छौँ ।
अहिले उनीहरूको म्याद थप्ने काम हुँदैछ,’ एसएसपी बोहोराले भने । प्रहरीका अनुसार उनीहरूले अपहरणपछि चिनियाँ नागरिकसँग १ करोड रुपैयाँ फिरौती माग गरेका थिए । उनीहरूले चिनियाँ नागरिकको साथबाट ८ लाख नगद र २७ वटा मोबाइलसमेत लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी महिला पोखराबाट अपहरण, मकवानपुरबाट उद्धार
अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ
अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप
पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या