सप्तकोसी बाढी प्रभावित ९ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १४ : १०
सप्तकोसी बाढी प्रभावित ९ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

उदयपुर । सप्तकोसी बाढी प्रभावित करिब ९ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षासँगै बढेको सप्तकोसीको बहाव बस्ती प्रवेश गर्दा उदयपुरका विभिन्न क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । उनीहरुको सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

सप्तकोसीको बहाब बढेपछि उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटबाट बाँध नाघेर सप्तकोसीको पानी बस्ती पसेको हो ।५० मिटर लामो बाँध भत्काएर पसेको बाढी अहिले बेलका नगरपालिकाका विभिन्न क्षेत्रमा प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उक्त बाढीबाट प्रभावित भएका करिब ९ सय घरधुरीलाई सारेर सुरक्षित ठाउँतर्फ पठाएको प्रशासनको भनाइ छ । बुधबार बिहानैबाट बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर उद्धार कार्यमा खटाइएको छ । कोसी प्रभावित क्षेत्रका पीडितलाई तत्काल उद्धार गर्न गृहमन्त्री बालकृष्ण प्रशासनहरुलाई निर्देशनसमेत दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस