न्युयोर्क । संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् । बिहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेलापरेका हुन् ।
फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलो पटक स्थानीय समयअनुसार बिहीबार बिहान साढे बजर हराएका थिए । उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दा सम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।
प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अझै घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन् ।
ग्यारेजमा राखिएको मेसिनमा सात वर्षीय बालक फेला परेको थिए । अधिकारीहरूले बालकको मृत्युको कारण पत्ता लगाएका छैनन् । घटनाबारे प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ । -एजेन्सीa
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ साउन २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार
भरतपुरमा नहरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
घरको छतमा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु