काठमाडौं । नेपाली यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गर्न नसकेमा आफूले प्रशिक्षकको पद छोड्ने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत भारत विरुद्धको खेलमा ८–० गोलको हार व्यहोरेको थियो ।
उक्त हारपछि उनले खेलाडीहरु र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् । उनले बंगलादेश विरुद्धको खेलमा जित निकाल्न नसके आफै राजीनामा दिने बताए ।
‘सबै जनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा । खेलाडीहरुमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरुलाई खुशी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो । मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाको लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसीले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका प्रशिक्षक ग्यारी किर्स्टेनको राजीनामा
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङ