महोत्तरी । प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरूपसहित बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरिले पक्राउ गरेको हो।
कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोली हानेर १ जना लागुऔषध कारोबारी पक्राउ, अर्का फरार
अवैध लागुऔषधसहित तीन जना पक्राउ
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै
लागुऔषधको डिलर पक्राउ
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ