१ सय ४८ म्यानपावर कम्पनीलाई कारबाही

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १५ : ०४
१ सय ४८ म्यानपावर कम्पनीलाई कारबाही

काठमाडौँ  । वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागबाट विज्ञापन प्रकाशन गर्नका लागि इजाजत लिएर पनि प्रकाशन नगर्ने संस्थालाई कारबाही गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

२०७९ साउन ३ र ४ गते राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि उनीहरुले स्वीकृती लिएका थिए। तर विज्ञापन प्रकाशन नगरेकाले १ सय ४८ संस्थालाई ५० हजारका दरले जरिवाना गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस