भारतीय वायुसेनाका दुई विमान चालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १३ : ४१
भारतीय वायुसेनाका दुई विमान चालकको मृत्यु

काठमाडौँ  । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आइएएफ) का दुई विमान चालकको मृत्यु भएको छ।

एमआइजी-२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त  परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ। एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस