यस्ता छन् ‘द सिक्टी’ क्रिकेट प्रतियोगिताका नियम

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १३ : ३९
यस्ता छन् ‘द सिक्टी’ क्रिकेट प्रतियोगिताका नियम

काठमाडौँ  । क्रिकेटमा ‘द सिक्टी’ नामको नयाँ प्रारूपको प्रतियोगिता सुरु हुँदैछ । वेस्ट इण्डिजको सेन्ट किट्समा आयोजना हुने यो प्रतियोगितामा ६ पुरुष र तीन महिला टोलीको सहभागिता रहनेछ । 

वेस्ट इण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने यो प्रतियोगिता त्यहाँको फ्रेन्चाइज टी–२० लिग क्यारेबियन प्रिमियर लिग (सिपीएल) अघि हुनेछ । प्रतियोगिता अगस्ट २५ देखि २८ सम्म चल्नेछ । पुरुषतर्फ सिपिएलकै ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सबै खेल वार्न पार्क स्पोर्टिङ कम्प्लेक्समा हुनेछ । 

६० बलको हुने प्रतियोगितामा कुल १९ खेल खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा गुयान अमेजन वारियर्स र सेन्ट लुसिया किंग्सले प्रतिस्पर्धा गर्नेछन् । 
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा समूह चरणको खेलपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट यो प्रतियोगिता खेल्दैछन् । 

यस्ता छन् सिक्स्टी क्रिकेट केही नियम :

१– ६० बलको एक पारी रहने यस प्रतियोगितामा सुरुको ३० बल पिचको एक भ छेउ तथा बाँकी ३० बल अर्को छेउबाट गर्नुपर्ने हुन्छ ।

२– बलिङ गर्ने टोलीले ४५ मिनेट भित्र एक पारी सकाउनु पर्ने हुन्छ । तोकिएको समयमा पारी नसकिएमा टोलीले अन्तिम ओभरमा फिल्डर गुमाउनु पर्नेछ ।

३– ६ विकेट गुमाएपछि ब्याटिङ टोली अलआउट हुनेछ ।

४–ब्याटिङ गर्ने टोलीले सुरुका दुई पावर प्ले ओभरमा दुई छक्का प्रहार गरेर तेस्रो पावर प्ले ओभरलाई ‘अनलक’ गर्न सक्नेछ ।

५–एक बलरले २ ओभर मात्र बलिङ गर्न पाउने छ ।

६– समर्थकले प्रत्येक पारीमा एकपटक भोटिङमार्फत ‘रहस्य फ्री हिट’ को समय निर्धारण गर्न सक्नेछन् । (यो त्यस्तो बल हुनेछ जसमा ब्याटरलाई रन आउट बाहेक कुनै पनि तरिकाले आउट गर्न सकिँदैन)

प्रतिक्रिया दिनुहोस