३०औँ पटकमा एसइई उत्तीर्ण

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १३ : ३२
३०औँ पटकमा एसइई उत्तीर्ण

काठमाडौँ  । कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन्। 

कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गरेका हुन्। उन्तीसौँ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २.० जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए। चौधरी विसं २०५२ बाट कैलारी–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्। 

यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको बताउँदै उनले भने, ‘अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु।’  कैलारी–६ बनकट्टा गाउँका चौधरीले विसं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताए।

कोरोना महामारीका क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामका आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको थियो। चौधरीले लेखेरै पास गर्छु भनेर फाराम नभरेको बताए।

प्रतिक्रिया दिनुहोस