अवैध लागूऔषधसहित तीन जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १३ : ०१
अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं। झापा र कञ्चनपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पुरानो मेचीपुल अगाडि बाटोबाट ७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत सिक्किम बस्ने ३० वर्षीय मेगबिर लिम्बू  र उनकै भाइ २३ वर्षीय बुद्धबीर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ मसानघाटबाट ९ ग्राम ११ मिलिग्राम खैरो हेरोइनसहित शुक्लाफाँटा नगरपालिका–११ बस्ने २३ वर्षीय राकेश रावललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रदेश ०३–०२४ प ५१८७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस