सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण विधेयक, २०७६ लाई पारित गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, ११ : २५
सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण विधेयक, २०७६ लाई पारित गर्ने

काठमाडौँ  । प्रतिनिधि सभाले आज ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गर्ने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाकोसन्देश सहितको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।मन्त्री राईले नै राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सभामा उत्पत्ति मातिएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने छन्। उनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस